
काठमाडौँ , १९ फागुन । नेपाली कांग्रेसका देशभरका क्षेत्रीय सभापतिहरुको दुई दिने प्रशिक्षण कार्यक्रम रुपन्देहीको भैरहवामा सुरु हुँदैछ। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आज र भोलि मंगलबार हुने यस कार्यक्रममा संघीय र प्रदेश सभा निर्वाचन क्षेत्रका सभापति र प्रशिक्षण शाखा प्रमुख गरी ३३० जना सहभागी हुनेछन्।
योजना अनुसार, १६५ संघीय निर्वाचन क्षेत्रमध्ये १३० क्षेत्रबाट २६० जना र ३५ जिल्लाका ७० प्रदेश सभा निर्वाचन क्षेत्रबाट ७० जना क्षेत्रीय सभापति सम्मिलित हुनेछन्। प्रशिक्षण कार्यक्रमको उद्घाटनमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेता डा। शेखर कोइराला, कृष्ण सिटौला, विमलेन्द्र निधि, बालकृष्ण खाँण, आरजु देउवा लगायतका नेताहरुको उपस्थिती रहनेछ। अधिकांश नेताहरु शनिबार नै रुपन्देही पुगि सकेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे