
काठमाडौँ , १९ फागुन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अमेरिकासँग दुर्लभ खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको बताएका छन्। बेलायतमा युरोपेली नेताहरूसँगको शिखर सम्मेलनपछि जेलेन्स्कीले यो कुरा बताएका हुन्। बेलायती प्रधानमन्त्री केयर स्टार्मरले युक्रेनमा शान्तिको ग्यारेन्टी दिने चार(चरण योजना प्रस्तुत गरेपछि जेलेन्स्कीको यो प्रतिक्रिया आएको हो। स्टार्मरले फ्रान्स र अरु युरोपेली देशसँग मिलेर युक्रेनमा युद्धविराम प्रस्ताव तयारी गर्ने बताए। यो प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग राखिने बताइएको छ।
बैठकमा इटाली, फ्रान्स, जर्मनी, क्यानडा र अन्य युरोपेली देशका नेताहरू सहभागी थिए। युक्रेन र बेलायतबीच साढे दुई अर्ब पाउन्डको ऋण सम्झौतामा हस्ताक्षर भएको छ, जसले युक्रेनलाई सैन्य उपकरण खरिदमा मद्दत गर्नेछ। यसअघि, युक्रेनी र अमेरिकी राष्ट्रपतिहरूसँगको वार्ता निष्कर्षविना समाप्त भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे