
काठमाडौं १८ फागुन । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी लगायत उत्पीडित समुदायको अधिकार स्थापित गर्न माओवादीले महत्वपूर्ण त्याग गरेको बताएका छन्। धनुषाको कमला नगरपालिकामा आयोजित सहिद परिवार सम्मान तथा जनभेटघाटमा उनले मधेशी, जनजाति, दलित, मुस्लिम, थारु लगायत समुदायको मुक्तिका लागि हजारौं सहिदले बलिदान गरेको उल्लेख गरे । मधेशी जनताको मुक्तिका लागि १३०० मधेशी युवाले जनयुद्धमा ज्यान अर्पेको बताउँदै उनले माओवादीविरुद्ध फैलाइएका भ्रम चिर्दै मधेश(माओवादी एकता बलियो बनाउने प्रतिबद्धता जनाए ।
उनले मधेशी राष्ट्रिय मुक्ति मोर्चा, मधेश स्वायत्त जनसरकार, संघीयता, समानुपातिक प्रतिनिधित्व, गणतन्त्र, पहिलो राष्ट्रपतिको रूपमा रामराजाप्रसाद सिंहको प्रस्ताव, मधेश विकासका लागि बजेट विनियोजनजस्ता उपलब्धि माओवादीकै रहेको बताए। मधेशमुक्ति अन्य दलबाट सम्भव नभएको भन्दै माओवादीले यसको सम्पूर्ण जिम्मा लिने प्रतिबद्धता व्यक्त गरे। मधेशी पोशाकमा प्रस्तुत माओवादी नेताहरूको मन पनि मधेशमै रहेको उनले उल्लेख गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे