
काठमाडौं । नेकपा एमालेले आज सचिवालय बैठक बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सरकारले प्रस्तुत गरेका छ वटा अध्यादेश सदनबाट पारित गराउने विषयमा अन्य राजनीतिक दलहरूसँग संवाद अघि बढाउने विषयमा छलफल हुने बताइएको छ।
यस्तै, बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक विषयबारे समेत छलफल हुने एजेन्डा रहेको छ।
यसअघि, हिजो बसेको सत्ता साझेदार दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले भूमिसम्बन्धी अध्यादेशका विषयमा जनता समाजवादी पार्टी नेपाल ९जसपा० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० सँग पुनः छलफल गर्ने निर्णय गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे