
काठमाडौँ , १३ फागुन । हालै सार्वजनिक मौद्रिक नीतिमा मूल्य वृद्धिको प्रवृत्तिलाई ध्यानमा राख्दै नीतिगत दर बढाउने आवश्यकताको चर्चा गरिएको भए तापनि, आर्थिक क्रियाकलापको विस्तारलाई प्राथमिकतामा राख्दै लचिलो कार्यदिशालाई यथावत राख्ने निर्णय गरिएको छ।
यसअन्तर्गत, मौद्रिक नीतिको विद्यमान नीतिगत दर ५.० प्रतिशत कायम गरिएको छ। ब्याजदर करिडोर अन्तर्गत तल्लो सीमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र माथिल्लो सीमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमै यथावत राखिएको छ।
अनिवार्य नगद मौज्दात तथा वैधानिक तरलता अनुपातमा कुनै परिवर्तन नगरि हालकै संरचना निरन्तर रहनेछ।
लघुवित्त वित्तीय संस्थाहरूको कर्जाको ब्याजदरलाई २०८२ जेठदेखि आधार दरसँग आबद्ध गरी पुनःनिर्धारण गर्नुपर्ने व्यवस्था लागू गरिनेछ।
व्यक्तिगत तथा विद्युतीय सवारी साधनहरूको ऋण मूल्य अनुपात (Loan to Value Ratio) को सीमा ६० प्रतिशत कायम गरिने निर्णय गरिएको छ।
त्यस्तै, असल कर्जाको विद्यमान १.१० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई परिमार्जन गर्दै १.० प्रतिशत कायम गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे