
काठमाडौँ , १३ माघ ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृति लम्सालका आमाबाबुसँग कुराकानी गर्दै भारतको ओडिसामा उनकी रहस्यमयी मृत्युबारे जानकारी लिएका छन्। उनले न्यायका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। नेकपा ९एमाले० का नेता महेश बस्नेतले पनि भैरहवामा पुगेर प्रकृतिका परिवारसँग समवेदना व्यक्त गर्दै प्रधानमन्त्रीसँग कुरा गरेका थिए। प्रधानमन्त्री ओलीले घटनाको समग्र विषयमा छानबिन गर्दै दोषीलाई कारबाही गर्ने आश्वासन दिए। उनले भने, हामीले धैर्य गरेर यस घटनालाई सामना गर्नुपरेको छ, छानबिन भइरहेको छ र निष्पक्ष न्याय सुनिश्चित हुनेछ।
प्रकृतिका बुवा सुनिल लम्सालले यस घटनाले भविष्यका नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न सरकारलाई ध्यान दिन आग्रह गरेका छन्। ४ फागुनमा ओडिसाको भुवनेश्वरस्थित केआईआईटीमा अध्ययनरत प्रकृति मृत फेला परेकी थिइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे