
काठमाडौँ, १२ माघ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सरकारमाथि विद्युत महशुल नतिर्नेहरुको लाइन काट्ने होइन, तिर्नेहरुको लाइन काट्ने निर्देशन दिएको आरोप लगाएका छन् । सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस विषयमा आलोचना गर्दै सोधेका छन्, “विद्युत नियमन आयोगले महसुल नतिर्नेहरूको लाइन काट्ने हो कि तिर्नेहरूको लाइन काट्ने हो?”
सांसद पौडेलले उर्जामन्त्रीको आलोचना गरेको कारण दुधकोशी जलविद्युत आयोजनाका सिईओ विमल गुरुङमाथि कारबाही गरिएको आरोप पनि लगाए। उनले भने, “कुलमान घिसिङलाई हटाउने बारेमा हल्ला गरिएका छन्। कुलमानले उज्यालो नेपाल बनाएर के गल्ति गरे?”
उनले भने, “नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने हल्ला चलाइरहेका छन्, सरकारमा बसेकाहरूले यो हल्ला चलाएका छन् र काम गर्न नदिएका छन्।” उनले थपे, “कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ भनेका छन्, यसो हल्ला चलाइएको छ।”
सांसद पौडेलले भने, “काहीं नभएको जात्रा हाँडी गाउँमा भन्ने उखान जस्तै उर्जा मन्त्रालयमा के भइरहेको छ?” उनले उर्जा मन्त्रालयको कामका बारेमा शंका पनि व्यक्त गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे