
काठमाण्डौँ , ११ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी ) स्थगन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्।विप्लवले आइतबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै ट्रम्प कार्यकारी आदेशबाट स्थगन हुन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको बताएका छन्। उनले भनेका छन्, डोनाल्ड ट्रम्प कार्यकारी आदेशबाट स्थगन हुन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको छ। यसका लागि हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
ट्रम्पको कार्यकारी आदेशले एमसीसी कम्प्याक्टलाई स्थगन गरिदिएको छ, जसले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको महासचिव विप्लवले बताएका छन्। उनले एमसीसी परियोजना सधैंका लागि खारेज गर्न आह्वान गर्दै नेपाल र अमेरिकाबीचको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासका लागि निःस्वार्थ सहयोगको प्रस्ताव गरेका छन्।
विप्लवका अनुसार, एमसीसी कम्प्याक्ट नेपालको राष्ट्रिय स्वाधिनता र राजनीतिक स्वतन्त्रता विरुद्ध छ र अमेरिकी रणनीतिको अंग हो। उनले याद दिलाएका छन कि, एमसीसीको विरोधमा नेपाली जनताले अनवरत संघर्ष गरेका छन् र यसका कारण देश र जनतालाई ठूलो क्षति हुने जनमत रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे