
काठमाण्डौँ , ११ फागुन । पाथीभरामा केबलकार निर्माणको विरोधमा बढेका झडपका कारण ताप्लेजुङको फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। हिजोको झडपपछि सुरक्षा स्थिति संवेदनशील भएकोले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय प्रशासन ऐनअनुसार निषेधाज्ञा जारी गर्नुभएको हो। आज बिहान ५ बजेदेखि अर्को आदेश जारी नभएसम्म, पाँच जनाभन्दा बढीको समूह जमिन, सभा, जुलुस, प्रदर्शन, घेराउ जस्ता गतिविधिहरू गर्न प्रतिबन्ध लगाइएको छ।
निषेधाज्ञा उल्लङ्घन गर्ने वा त्यसको पालना गर्न अवरोध पुर्याउने व्यक्तिहरू वा समूहलाई कानूनी कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ। झडपमा प्रारम्भिक विवरण अुनसार ५ नेपाल प्रहरी र दुई आन्दोलनकारी घाईते भएका छन् । प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अुनसार राँके जुलुसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । नो केबालकार समुहका आन्दोलनरत पक्ष काफ्लेपाटीको आन्दोलनपछि शनिबार सदरमुकाम फुङलिङ झरेका थिए । सोही क्रममा आन्दोलनरत पक्षले फुङलिङ बजारमा शन्तिपूर्ण र्याली पर्दशन गर्दै विरेन्द्रचोक पुगेर राँके जुलुसमा परिणत गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे