
काठमाडौँ , ९ फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाँच्ने आधार मागेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस शेयर गर्दै मेयर शाहले एक नेपाली भएर बाँच्ने आधार बनाइदिन आग्रह गरेका हुन् ।
उनले लेखेका छन्, प्यारो प्रधानमन्त्री ज्यु ,अमेरिकाले करप्ट भनिसक्यो ,इन्डियाले भिखारी भनिसक्यो , चिनले मान्छे गन्दैन ,मलाई मेयर हो भनेर बिर्सिनुस् , नेपाली भएर बाच्ने आधार त दिनुस् ?? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फ्रड’ भन्दै नेपाललाई दिने गरेको अनुदान रकम कटौती गरेका छन्। अनुदान रकम कटौती गरेको प्रसंगमा अहिले नेपालमा विभिन्न टिका टिप्पणीहरु भइरहेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे