
एजेन्सी । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले युक्रेनमा रहेको महत्वपूर्ण खनिजमा अमेरिकी पहुँच बढाउने सम्झौता गर्न माग गरेका छन्। युक्रेनमा लिथियम, टाइटेनियम, कोइला, ग्यास, तेल र युरेनियमजस्ता खनिजहरूको ठूलो भण्डार रहेको छ। वाल्ट्जले अमेरिकाले युक्रेनलाई प्रदान गरेको सहयोगको बदलामा यी खनिजहरूमा पहुँच बढाउन सकिने प्रस्ताव गरेका थिए।
तर युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उक्त प्रस्ताव अस्वीकार गर्दै, आफ्नो देशको सम्पत्ति अमेरिकासँग साट्न नसक्ने प्रतिक्रिया दिएका छन्। जेलेन्स्कीले कीभमा भएको बैठकमा भने, यदि युद्ध समाप्त गर्न अमेरिकासँग सुरक्षा र लगानी सम्झौतामा साइन गर्न तयार छन्, तर खनिज सम्झौता स्वीकार्ने छैनन्। यस क्रममा अमेरिकाले युक्रेनलाई युद्धको समयमा प्रदान गरेको सहयोगलाई प्रतिबिम्बित गर्दै, खनिज सम्झौतामा पहुँच चाहिएको बताएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे