
काठमाडौँ , ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार दिउँसो २ बजे पार्टी कार्यालय, वनस्थलीमा बस्ने तय भएको छ। रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, बैठकमा समसामयिक घटनाक्रम र पार्टी गतिविधिहरूको बारेमा छलफल गरिने छ।
यसका साथै, बैठकमा विभिन्न नियमावली र कार्यविधिहरूमा पनि छलफल हुने छ, जसमा प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ (कार्यविधि प्रतिस्थापन), र्याट नियमावली २०८१, सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, र पालिका अधिवेशन कार्यविधि २०८१ समावेश छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे