
काठमाडौँ , ८ फागुन । नेकपा ९एकीकृत समाजवादी० को आजको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। पार्टीका पोलिटब्युरो सदस्य र बागमती प्रदेशका सह इन्चार्ज विदुर सापकोटाको निधन पछि बैठक स्थगित गरिएको हो।
आज बिहान ११ बजेबाट सुरु हुने भनिएको बैठक अब भोलि ९शुक्रबार० का लागि तय गरिएको छ। भालिको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजनाबारे छलफल हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे