
काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारहरू मिलेर नेपाललाई नेपालीको स्वामित्वमा विकास र निर्माणका कामलाई सहकार्य गर्दै अघि बढाउनुपर्नेमा जोड दिएका छन्। लुम्बिनी प्रदेशसभाको बैठकमा सोमबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “कुनै पनि देश अरूसँगको सहयोग बिना आत्मनिर्भर बन्न सक्दैन, त्यसैले हामीले नै नेपाललाई नेपाली आफैं बनाउनु पर्नेछ।”
प्रधानमन्त्री ओलीले ४० वर्षअघि चीन गरीब मुलुकको रुपमा रहेको भए पनि आज आफ्नै मेहनत र लगानीले सम्पन्न देशको रुपमा चिनिएको बताए। उनले भने, “चालीस वर्षअघि चीन गरीब थियो, तर अहिले आफ्नो मेहनत र परिश्रमका कारण सम्पन्न भएको छ।”
प्रधानमन्त्री ओलीले विभिन्न स्थानहरूमा के उत्पादन गर्न सकिन्छ भन्ने पहिचान गरेर त्यसको ठुलो उत्पादन गरेर उद्योग स्थापना गर्ने र लगानी बढाउने महत्वको चर्चा गरे। उनले थपे, “कुनै ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठूलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ। त्यसकारण हामीलाई त्यस्ता उत्पादनमा ध्यान दिनुपर्छ र उद्योग स्थापना र लगानी विस्तार गर्नुपर्छ।” उनले केन्द्र सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रमा विकासका लागि विभिन्न अध्यादेश ल्याएको जानकारीसमेत दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे