
काठमाडौँ , ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेश सभाको बैठकलाई सोमबार विशेष सम्बोधन गर्ने भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले यस बारे जानकारी दिनु भएको हो। बैठक बिहान साढे ११ बजे बस्ने कार्यसूची सार्वजनिक गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए।
सभामुख तुलाराम घर्ती मगरले प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा पठाउनु भएको थियो। लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को अनुसार निमन्त्रण गरिएको हो। यसअघि, २०७५ साल वैशाख १६ मा प्रधानमन्त्री ओलीले पाँच नम्बर प्रदेश सभालाई विशेष सम्बोधन गर्ने भनिएको थियो ।
विशेष सम्बोधनपछि, प्रधानमन्त्री ओलीले घोराहीमा आयोजना हुने एमालेको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यस कार्यक्रममा करिब ५० हजार व्यक्तिको सहभागिता हुने अपेक्षा गरिएको छ। जनसभाअघि, घोराहीका चारवटा क्षेत्रबाट विभिन्न सांस्कृतिक झाँकी सहितको र्याली पनि निकालिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे