
काठमाडौँ , ४ फागुन । आइतबार ( आज) प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा आम जनता पार्टीका सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका थिए तर प्रधानमन्त्री ओलीले जवाफ दिन आवश्यक नै ठानेनन्।साहलको प्रश्नमा प्रधानमन्त्री ओली संसदमा झोँक्किएका छन्।
उनले प्रधानमन्त्री ओलीलाई विविध ८ वटा प्रश्न बुँदागत रुपमा राखे । तर, प्रधानमन्त्रीलाई उनको प्रश्न चित्त बुझेन । उनले संसद्को रोष्ट्रमबाटै सांसद शाहप्रति आक्रोश व्यक्त गरे । प्रधानमन्त्रीओलीले भने, संसद्जस्तो गरिमामय ठाउँमा यस्तो भाषास तपाईंलाई के लाभ भयो ? म म्यानपावर कम्पनीको मान्छे हो र ? यो अहिले म सरकारमा आएपछि ८ महिनायता सुरु भएको हो ? तपाईंले भनेको ७० लाख ८ महिनामा भएको हो ?। साहले अहिलेको २१औ शताब्दीमा नेपाली मजदूरलाई दासताको नारकीय जीवनमा धकेल्दा तपाईंहरूले के कति लाभ पाउनुभएको हो ?, भन्ने प्रश्न गरेका थिए ।
प्रधानमन्त्रीले यस्तो भनेपछि साह उठेर बोल्न खोजे तर, सभामुख देवराज घिमिरेले बस्न निर्देशन दिए सभामुख घिमिरेले भने तपाईं बस्नुस्, मैले पहिल्यै निर्देशन जारी गरिसकेको छु, यसमा दोहोरो बहस(छलफल हुँदैन। तपाईं बस्नुस् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे