
काठमाडौँ , ३ फागुन । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन कार्यक्रममा बेलुन पड्किँदा घाइते भएका पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई पनि थप उपचारका लागि काठमाडौं ल्याइएको छ। पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर विस्फोट भएपछि उनीहरू घाइते भएका थिए ।
भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो । सोही बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भागेर मञ्चतर्फ पुगेका थिए । फुटेर विस्फोट भएपछि लगत्तै उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । उनको अनुहार र गालामा चोट लागेको छ। पौडेललाई सिम्रीक एयरको हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो। पौडेलको दुवै हात, अनुहार र घाँटीमा चोट लागेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे