
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच आज वाशिङटनमा महत्वपूर्ण भेटवार्ता भएको छ। यस भेटमा दुई नेताहरूले आपसी सम्बन्ध, व्यापारिक साझेदारी, र विश्वव्यापी सुरक्षा मामिलामा विस्तृत छलफल गरेका छन्। मोदी र ट्रम्प बीचको यो वार्ता अमेरिकी र भारतीय कूटनीतिक सम्बन्धको नयाँ युगको संकेतको रूपमा हेरिएको छ। यस क्रममा उनीहरूले रुस र युक्रेनबीच जारी युद्धका विषयमा पनि बोलेका छन्।
भारतीय प्रधानमन्त्री मोदीले मानिसहरू रुस९युक्रेन द्वन्द्वमा भारत तटस्थ रहनुपर्छ भन्ने सोच्छन्, तर यो गलत भएको बताए। भारत र अमेरिका बीचको आर्थिक सम्बन्धको विकास र व्यापारिक समझदारीमा थप प्रवर्धनका उपायहरूको बारेमा कुराकानी भएको छ। मोदीले भारतको आर्थिक वृद्धिमा अमेरिकी निवेशको महत्त्वलाई र ट्रम्पले भारतको सशक्त अर्थतन्त्रका पक्षमा रहेको समर्थन जनाएका छन्। साथै, सुरक्षा र ऊर्जा क्षेत्रमा पनि आपसी सहयोगका अवसरहरूको खोजी गरिएको छ।
भेटको अन्त्यमा, मोदी र ट्रम्पले आपसी सहयोगलाई अझ सुदृढ पार्ने प्रतिबद्धता जनाएका छन् र भारत(अमेरिका सम्बन्धलाई आगामी वर्षहरूमा अझ प्रगाढ बनाउने उद्देश्य राखेका छन्। यो भेटवार्ता विशेष रूपमा रणनीतिक र कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे