
एजेन्सी । अमेरिकाको संसदमा ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा प्रोग्राम’ (डिभी) अन्त्य गर्ने विधेयक प्रस्तुत गरिएको छ। रिपब्लिकन सांसद माइक कोलिन्सले २०२५ को संसदमा अमेरिकाको सुरक्षा र निष्पक्षता सुधार्ने उद्देश्यसहित यो विधेयक पेश गरेका छन्। यस विधेयकले डिभी लट्री कार्यक्रमको समाप्ति गर्ने प्रपोजल राखेको छ। रिपब्लिकन सांसदहरूले कम्प्युटर कोडमा आधारित भिसा वितरणलाई राष्ट्रिय सुरक्षा जोखिमको रूपमा प्रस्तुत गर्दै यसलाई अन्त्य गर्नुपर्ने तर्क गरेका छन्।
डिभी प्रोग्रामले वार्षिक ५५ हजार आप्रवासीलाई ग्रीन कार्ड दिने गरेको छ। सांसदहरूको भनाइ छ कि, भिसा वितरण योग्यतामा आधारित हुनु पर्छ, न कि कोडको आधारमा। विधेयकले अमेरिकाको बिग्रिएको आप्रवासी प्रणाली सुधार गर्ने दाबी गरेको छ। डिभी प्रोग्रामलाई लिएर अमेरिकामा पहिला पनि आलोचना हुँदै आएको छ, र रिपब्लिकन पार्टीको बहुमतले यसलाई पारित गराउने सम्भावना रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे