
काठमाडौं – नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०८० अनुसार, वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूमा ५० लाख रुपैयाँभन्दा बढी मौज्दात (निक्षेप) राख्ने प्राकृतिक व्यक्तिले अब अनिवार्य रूपमा स्थायी लेखा नम्बर (PAN) लिनुपर्ने भएको छ।
कामना सेवा विकास बैंकले यससम्बन्धी आफ्नो वेबसाइट सूचना प्रकाशित गर्दै निक्षेपकर्ताहरूलाई तोकिएको नियमअनुसार आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ। राष्ट्र बैंकको निर्देशनअनुसार यस्तो व्यवस्थापन गर्नुपर्ने कानुनी बाध्यता रहेकाले बैंकहरूले निक्षेपकर्ताहरूलाई प्यान नम्बर उपलब्ध गराउन सूचना जारी गरेका हुन्।
बैंकिङ प्रणालीलाई थप पारदर्शी बनाउन तथा वित्तीय व्यवस्थापनलाई व्यवस्थित गर्न राष्ट्र बैंकले यस्तो नीति लिएको बताइएको छ। बैंकका अनुसार सम्बन्धित ग्राहकहरूले तोकिएको मितिभित्र प्यान नम्बर उपलब्ध गराउन नियमअनुसारको जानकारी गराएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे