
काठमाडौँ , २७ माघ । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनसँग अध्यादेशमा सहयोग माग्ने उद्देश्यले फोन नगरेकोबताएका छन् । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । वर्षमान पुनले अध्यादेशमा सहयोग मागेको भन्ने अभिव्यक्ति दिएपछि समाचार प्रकाशित भएका थिए। आइतबार बिहान एमाले महासचिव शंकर पोखरेलले माओवादी उपमहासचिव वर्षमान पुनका कुरामा फेसबुकमा लामो स्टाटस राख्दै स्पष्टीकरण दिएका छन्।
उनले लेखेका छन् , नेताहरुका वीचमा शिष्टाचारवस हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारवाजी गर्नुभएछ । अव त उहाँसंग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने पो देखियो । पार्टीको जिम्मेवार नेताले कतिपय सवालमा समय समयमा आवश्यक ठानिएका व्यक्ति र पक्षसंग अनौपचारिक रुपमा कुरा गर्दछ । अनौपचारिक रुपमा गरिएका कुरा सार्वजनिक खपतका विषय नहुन सक्दछन् । त्यस्ता कुराकानीलाई सार्वजनिक गर्नु उचित मानिदैन । उहाँले के उद्देश्यले त्यसो गर्नु भो स्पष्टै छ । तर त्यसले उहाँलाई र उहाँको पार्टीलाई नै नोक्सान हुनेकुरा हो । जहाँसम्म उहाँसंग भएको कुराकानी सम्प्रेषित समाचारको स्प्रिट पूर्णतः फरक छ । म संग उहाँले गरेको कुराकानी र सम्प्रषित समाचार पूर्णतः फरक पनि छ । तर अहिले म त्यो विषयमा चर्चा गर्नु उचित पनि ठान्दिन । ’
उनले वर्षमानले सार्वजनिक गरे जस्तै सहयोग र याचना गर्नुपर्ने आवश्यकता नरहेको भएपनि उहाँसंग होइन सिधै माओवादी अध्यक्ष पुष्पकमल दाहाल मार्फ़त नै हुने बताएका छन् । उनले वर्तमान समयमा सामाजिक सञ्जालको प्रयोगमा नियमन आवश्यक रहेको पनि स्पष्ट गरे। साइबर क्राइम इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग गरी गरिने विश्वव्यापी रूपमा स्वीकार गरिएको गम्भीर प्रकृतिको अपराध भएको उनले बताए। यसर्थ त्यसको नियन्त्रण आवश्यक मात्र नभइ अपरिहार्य विषय भएको पनि उनले प्रष्ट पारे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे