
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजदेखि सुरु हुँदै छ ।आज आइतबारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा महाधिवेशन सुरु हुन लागेको हो
राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई महाधिवेशनले प्राथमिकता दिने छ ।
महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने बताइएको छ । साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ । आजबाट सुरु हुने महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे