
काठमाडौँ , २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्नुहुने भएको छ । विकास निर्माण तथा आयोजनाहरुको प्रगतिका सम्बन्धमा सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग प्रत्यक्ष सम्वाद गरिने भएको हो ।
प्रधानमन्त्री ओलीले दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट मुख्यमन्त्रीहरुसँग संवाद गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले पछिल्ला दिनहरुमा विकास निर्माण आयोजनाहरुको कामको प्रगतिका बारेमा विशेष चासो राख्दै आउनु भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे