
काठमाडौं । आज(बिहीबार) प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक दिनको १ बजे बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९÷८० पेश गर्नेछन् । यसका साथै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आर्थिक वर्ष २०८१÷०८२ कोबजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन पेश गर्ने कार्ययोजना छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका अध्यादेश बिहीबार दुवै सभाका बैठकले स्वीकृत गर्ने कार्यसूची छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बिहीबार बोलाइएको बैठकमा ६ अध्यादेश स्वीकृतिका लागि प्रस्तुत हुनेछन्।
बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले सुरक्षित कारोवार (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नेछन् । यस्तै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवदेन पनि पेश गर्नेछन् ।
यस्तै राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले “भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१” पेश गर्नेछन् ।
आजको प्रतिनिधि सभा बैठकमा सुशासन प्रवर्धन तथा सावर्जनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गरिनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे