
काठमाडौँ ,२३ माघ । झापाको कनकाई नगरपालिका(४ को भित्री सडकमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। भारतको बिहार राज्यका अन्जार आलम ९२८० र उनका भाई युसुब आलम ९१९० लाई प्रहरीले पक्राउ गर्दा उनीहरुको साथबाट ३० ग्राम ६ सय ९० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।
मोटरसाइकल चालक अन्जार आलमको घुँडामा गोली लागेको छ र उनलाई उपचारका लागि भद्रपुरको प्रादेशिक अस्पताल पठाइएको छ। प्रहरीका अनुसार, दुवै जना जाँचका क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको थियो र चार राउण्ड हवाई फायर गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे