
काठमाडौँ ,२३ माघ । सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतकहरू र मुख्य सचेतकको बैठक बोलाएका छन् । आजको बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेश वर्तौला, माओवादीका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार र राप्रपामा ज्ञानेन्द्र शाही सहभागी हुनेछन् ।
सभामुखको सचिवालयलेका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा तय गरिएको छ । आजको बैठकमा सरकारले ल्याएका अध्यादेशलगायतका विषयमा छलफल हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे