
काठमाडौँ ,२२ माघ । बागमती प्रदेशसभाको बैठकलाई प्रभावकारी बनाउन र दलहरू बीच सहमति स्थापित गर्ने उद्देश्यसहित सभामुख भुवनकुमार पाठकले माघ २३ गतेका लागि आह्वान गरिएको बैठकको पूर्वसन्ध्यामा मङ्गलबार दिउँसो ३ बजे सर्वदलीय बैठक बोलाएका छन्। प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गते सुरु भएको थियो, जहाँ तीनवटा विधेयक पेस गर्ने भनिए पनि बजेट कार्यान्वयनसम्बन्धी विवादका कारण विधेयकहरू प्रस्तुत हुन सकेनन्।
आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएपछि माघ २३ गतेको बैठकमा विधेयक पेस र अन्य महत्त्वपूर्ण विषयमा छलफलको मार्ग खुल्ने अपेक्षा गरिएको छ। सभामुखले प्रदेशसभाको नियमित सञ्चालन र संसदीय प्रक्रियालाई प्रभावकारी बनाउन सबै दललाई संवादका लागि आह्वान गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे