
काठमाडौं । मंगलबार संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज कानून, न्याय तथा मानव अधिकार समिति बैठक बिहान ८ बजे बस्दै छ । बैठकमा सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल हुनेछ
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक पनि आज सिंहदरवारमा बस्दैछ । दिउँसो साढे ३ बजे बस्ने बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ ।
यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको स्थगित गरिएको छ । दिनको १२ः२५ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे