
काठमाडौँ , १३ माघ । सभामुख देवराज घिमिरेले संघीय संसद्को हिउँदे अधिवेशनको आह्वानसँगै सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग छुट्टाछुट्टै भेट्न थालेका छन्। सभामुखका सचिवालयका अनुसार घिमिरेले सत्तापक्षका प्रमुख सचेतकसँग आइतबार ११ बजे र प्रतिपक्षका प्रमुख सचेतकसँग २ बजे भेट्ने छन्। सोमबार ११ बजे दुबै पक्षका सचेतकहरूसँग संयुक्त भेट गर्ने कार्यक्रम रहेको छ।
संघीय संसदको अधिवेशन माघ १८ गते १ बजेका लागि आह्वान गरिएको छ। यस क्रममा सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक र समितिका सभापतिहरूसँग पनि छलफल गरिरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे