
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने बैठकमा संसद्को हिउँदे अधिवेशनबारै छलफल हुनेछ । बैठकमा हिउँदे अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि नै प्रस्तुत भइसकेका विधेयकहरूमाथि छलफल हुने साथै सरकारले ल्याएका अध्यादेशका बारेमा पनि छलफल गरिने काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
प्रमुख सचेतक घिमिरेका अनुसार बैठक दुई दिन चल्नेछ । आउँदो माघ १८ गतेदेखि संघीय संसद्को अधिवेशन शुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे