
काठमाडौँ, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका कारण आज ९बुधबार०का लागि तय भएको पूर्वनिर्धारित कार्यक्रमहरु रद्द गरिएको छ । बुधबार सशस्त्र प्रहरी दिवस–२०८१ को अवसरमा हल्चोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री उपस्थित नभएको उनको सचिवालयले जनाएको छ ।
चिसोका कारण घाँटीमा समस्या आएर ओलीको स्वर भासिएपछि अत्यावश्यक भेटघाटलगायतका पूर्वनिर्धारित कार्यक्रमहरु रद्द गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सशस्त्र प्रहरी बलको हल्चोकस्थित मुख्यालयमा वर्षेनि आयोजना हुने समारोहमा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री जाने प्रचलन छ ।
सशस्त्र प्रहरी बल नेपालले आफ्नो २४ वर्षको अवधिमा सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षा तथा विपद् व्यवस्थापनमा आफूलाई क्रियाशील बनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे