
काठमाडौं। चितवन जिल्ला भरतपुर महानगरपालिका–११, बसेनी चोकमा गस्ती गर्ने क्रममा एक युवकलाई प्रहरीले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।
नेपाल प्रहरीले पदीय मर्यादा र आचरण विपरीतका क्रियाकलाप गर्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने नीति अनुसरण गर्दै घटनाको सत्यतथ्य जाँचबुझ गर्नका लागि छानबिन समिति गठन गरेको जानकारी दिएको छ। २०८१ सालको माघ ७ गते जिल्ला प्रहरी कार्यालय, चितवनले उक्त घटनामा संलग्न प्रहरी कर्मचारीविरुद्ध विभागीय कारबाही प्रक्रिया अगाडि बढाएको बताइएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले भनेको छ कि घटनाको निष्पक्ष छानबिन गर्दै दोषीलाई कारबाही गर्ने काम जारी रहने छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे