
काठमाडौं। माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ८० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले पछिल्ला दुई त्रैमासिक नाफासँग तुलना गर्दा समान परिणाम हासिल गर्न सफल भएको हो। गत आर्थिक वर्षको पुस मसान्तसम्म बैंकको खुद नाफा ८० करोड ५३ लाख रुपैयाँ रहेको थियो।
बैंकको ब्याज आम्दानी यद्यपि घटेको भए पनि ब्याज खर्चमा कमी आएको कारण खुद ब्याज आम्दानी तुलनात्मक रूपमा केही बढी भएको छ। यस अवधिमा नोक्सानी व्यवस्थापनको लागि छुट्याइएको रकम पनि गत वर्षको तुलनामा थोरै घटेको हो। यस कारणले गर्दा बैंकको नाफा केही लाख रुपैयाँ बढी देखिएको छ।
माछापुच्छ्रे बैंकले ६ महिनामा कुल खुद ब्याज आम्दानी २ अर्ब ८२ करोड रुपैयाँ र इम्पेयरमेन्ट चार्ज २० करोड ४७ लाख रुपैयाँ गरेको जनाएको छ। यसै अवधिमा गत वर्षको तुलनामा ब्याज आम्दानी र इम्पेयरमेन्ट चार्जमा क्रमशः २ अर्ब ६३ करोड र २३ करोड ८६ लाख रुपैयाँ थिए।
तर, बैंकको निष्क्रिय कर्जाको दर भने भने ठूलो मात्रामा बढेको छ। गत वर्षको पुस महिनामा निष्क्रिय कर्जाको दर २.६ प्रतिशत रहेको थियो, जुन अहिले बढेर ४.५४ प्रतिशत पुगेको छ। खुद निष्क्रिय कर्जाको दर भने १.९७ प्रतिशत रहेको छ।
बैंकको नाफा एक मामुली मात्रामा बढे पनि प्रतिसेयर आम्दानीमा ३ रुपैयाँको सुधार भएको छ, जुन अब १३.८६ रुपैयाँ पुगेको छ। बैंकको नेटवर्थ १५४.२ रुपैयाँ र पीई रेसियो १६.२७ रहेको छ। ६ महिनाको अन्त्यमा बैंकको वितरणयोग्य मुनाफा १६ करोड ६३ लाख रुपैयाँ रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे