
काठमाडौँ , ६ माघ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुछिएको आरोप लागेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी हिरासतमा रहने भएका छन् ।आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका जोशीको थुनछेक बहस नसकिएकाले उनी हिरासतमै रहेन भएका हुन् ।थुनछेक बहस नसकिएपछि पूर्व डीआईजी छविलाल जोशीलाई काठमाडौं जिल्ला अदालतले पुनः प्रहरी हिरासतमा पठाएको छ। भोलि सोमबार फेरि उनी अदालत उपस्थित हुनेछन् । जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा मुद्दा दायर भएको थियो ।
कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका उनी काठमाडौंमा पनि मुद्दा रहेकाले आज आफैं अदालत हाजिर भएका हुन् । यही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने यसअघि नै धरौटीमा रिहा भइसकेका छन् । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे