
काठमाडौँ , माघ २ । नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशलाई स्वागत गर्दै नेपाल सरकारलाई धन्यवाद दिएका छन्। प्रमुख निजी क्षेत्रका प्रतिनिधिहरूले यी अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण सुधारमा मद्दत पुर्याउने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीहरूको उपस्थितिमा भएको कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल लगायतले अध्यादेशका व्यवस्थामा सकारात्मक प्रतिक्रियाका साथ त्यसको कार्यान्वयनमा उपयुक्त नियमावली र कार्यविधि ल्याउन आग्रह गरे।
निजी क्षेत्रका प्रतिनिधिहरूले कोभिड–१९ पछि सङ्कुचित अर्थतन्त्रलाई सुदृढ बनाउन यी अध्यादेशहरू प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूले लगानीमैत्री वातावरण निर्माण हुँदा समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न मद्दत मिल्ने बताए।
प्रधानमन्त्री ओलीले सरकारको प्रयासलाई सकारात्मक रुपमा लिएकोमा खुसी व्यक्त गर्दै, सत्ता गठबन्धनका दलहरूले देश निर्माणका लागि प्रभावकारी कदम चालिरहेको स्पष्ट गरे। उनले विकास र सुशासनसँग सम्बन्धित अनुकूल नीतिहरू ल्याएमा समृद्धि हासिल गर्न सम्भव हुने बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे