
काठमाडौं। माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारणसभा होटल पोखरा ग्राण्ड पोखरामा आर्थिक सम्पन्न भएको छ। २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्दै साधारणसभा सम्पन्न भएको हो। उक्त साधारणसभाले जय मुकुन्द खनाल, मनिषा भण्डारी र सुनिल नारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध चयन गरेको छ।
कार्यक्रममा बैंक सञ्चालक जय मुकुन्द खनालले स्वागत मन्तव्य राखेका थिए। उक्तसभामा अर्का सञ्चालक मुकुन्द महतले जि.पि.राजबहाक एण्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्न प्रस्ताव गरेको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ।
साधारणसभामा बोल्दै बैंकका अध्यक्ष रोशन के.सीले प्रविधिको विकाससँगै यसमा देखा परेका चुनौतीलाई काम गर्दै ग्राहकलाई जोखिमरहित सेवा प्रदान गर्न नयाँ प्रविधिलाई आत्मसात् गर्दै आएको बताए। यस क्रममा उनले निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय उर्जा, साना तथा मझौला उद्योगलगायत क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बैंक अगाडि बढिरहेको जानकारी गराएका थिए।
त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बैंकले मुनाफाभन्दा दिगो बैंकिङमा जोड दिइरहेको बताउँदै ग्राहकको आवश्यकतालाई मध्यनजर गरी अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न लागिपरेको बताए।
उक्त साधारणसभामा बैंकको संस्थापक शेयरधनीको तर्फबाट पूर्व वन तथा वातावरण मन्त्री डा. विरेन्द्र महतो एंव समाजसेवी प्रेमकुमारी के.सी.ले सहभागिता जनाएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे