
काठमाडौँ , २८ पुस । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०(०८१ को प्रतिवेदन आइतबार पेस गरिएको छ। राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले प्रतिवेदन प्रस्तुत गरे।
राष्ट्रपति पौडेलले सरकारी मुद्धाको अनुसन्धान, अभियोजन र बहस वैज्ञानिक र प्रभावकारी हुनुपर्ने बताउँदै, सफलताको प्रतिशत बढाउन सके कानुनी शासन बलियो हुने बताए। उनले पीडितको न्याय सुनिश्चित गर्न पनि महान्यायाधिवक्ताको जिम्मेवारी रहेको भन्दै, संविधानको मौलिक हकको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए। सो अवसरमा महान्यायाधिवक्ता बडालले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गरेका थिए।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे