
काठमाडौँ २८ पुस । औद्योगिक नगरी मकवानपुरको उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित हुनु भएको छ। आइतबार सम्पन्न मतगणनामा रानाभाटले १०१४ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका प्रतिस्पर्धी अनिल कुमार अग्रवालले ७६५ मत प्राप्त गरे । महासचिवमा रानाभाट प्यानलकी प्रतिमा श्रेष्ठले १०१२ मत ल्याई विजय प्राप्त गरे, भने कोषाध्यक्षमा तेजराज अधिकारी निर्वाचित भए।
उद्योग तर्फको उपाध्यक्षमा दीपक उप्रेती र सदस्यहरूमा कृष्ण गोपाल महर्जन, जगदीश दाहाल, भूपेन्द्र प्रसाद अधिकारी र महिला सदस्यमा सीतादेवी भेटवाल निर्वाचित भए। वाणिज्यतर्फको उपाध्यक्षमा राजु अधिकारी ५९९ मत ल्याई विजयी भएका छन्, भने सचिवमा कुल प्रसाद चौलागाईं निर्वाचित भएका छन्।
वस्तुगत तर्फको उपाध्यक्षमा काव्यमणि अधिकारी र सदस्यमा शम्भु पुडासैनी निर्वाचित भए। एशोसियट तर्फ उज्ज्वल चौलागाईं उपाध्यक्ष र नवराज खतिवडा तथा अंकिता सुमार्गी सदस्य चयन भए। निर्वाचनमा कुल १८१६ मत खसेका थिए, जुन २ हजार ४५ मतदातामध्ये हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे