
काठमाडौँ , २८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश माधव अधिकारीको इजलासमा परेको छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछानेको बयान र त्यसपछि थुनछेक बहस जिल्ला अदालत काठमाडौंका न्यायाधीश अधिकारीको इजलासमा हुने भएको हो ।
गत बिहीबार उनलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको आदेशमा सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो। रिहा भएपछि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिने तयारी गरेको थियो। तर उनले आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भनेपछि कागज गरेर छोडिएको थियो। यसका अतिरिक्त, रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन, र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा लामिछानेविरुद्ध मुद्दा दर्ताको प्रक्रिया सुरु भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे