
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश विवेकपूर्ण भएको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कास्की जिल्ला अदालतले सुनाएको फैसला विवेकपूर्ण भएको बताए । लामिछानेलाई कास्की प्रहरीले ६५ लाख रुपैयाँको धरौटीमा रिहा गरेको हो। उहाँसँगै अन्य पाँच जनाले पनि धरौटी बुझाएर रिहा प्राप्त गरेका छन्। कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालका अनुसार लामिछानेलाई छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङसँगै रिहा गरिएको हो।
न्यायाधीश नीतिज राईको इजलासले रिहा आदेश जारी गर्दा, प्रतिवादीहरूको धरौटी रकम विभिन्न राखिएको थियो। लामिछानेलाई ६५ लाख, जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरूङलाई ५ लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरूङलाई ५ लाख र कृष्णबहादुर गुरूङलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे