
काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रधानमन्त्री केपी शर्मा ओली बीच बिहीबार साँझ बालुवाटारमा भेटवार्ता भएको छ | राप्रपा द्वारा पौष २७ गते भृकुटी मण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिन लिङ्देन प्रधानमन्त्री ओलीसँग भेट्न बालुवाटार पुगेका थिए।
भेटका क्रममा समसामयिक राजनीतिक घटनाक्रममा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटपछि लिङ्देनले ट्वीटर (एक्स) मार्फत लेखेका छन्, “राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते राप्रपा द्वारा भृकुटी मण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो समयपछि हिजो साँझ भेटघाट भयो।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे