
काठमाण्डौ। बागबजारमा २०२५ जनवरी ८ मा ‘अस्ट्रेलिया एडमिशन डे’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रमले विभिन्न प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूलाई समेटेको थियो, जसले नेपाली विद्यार्थीहरूका लागि उपलब्ध अवसरहरू र आफ्ना संस्थाका सुविधाहरू बारेमा विस्तृत जानकारी प्रदान गरे।
उपस्थित प्रमुख प्रतिनिधिहरूमा आईसीएमएसकी ईशा श्रेष्ठ, एक्सेल्सिया युनिभर्सिटी कलेजकी अर्चना शर्मा, सीक्यूयुका संजीव शर्मा, एमआईटीका हिमांशु शर्मा, यूपी एजुकेसनका सबिन कार्की, वेन्टवर्थ इन्स्टिच्युट अफ हायर एजुकेसनका प्रशान्त मिश्र, ईसीएका स्वेता श्रेष्ठ, र एससीयुकी बृन्दा गोयल रहेका थिए।
प्रतिनिधिहरूले छात्रवृत्ति, पाठ्यक्रम, तथा कलेज र विश्वविद्यालयहरूका सुविधाहरूको बारेमा विस्तृत जानकारी प्रदान गरे। कार्यक्रममा आईईएलटीएस/पीटीईमा छुट र १००% सेवा शुल्क छुटसमेत उल्लेख गरिएको थियो। डाइरेक्टर शिव त्रिपाठीले सबै विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूलाई धन्यवाद दिएका थिए। उनले कार्यक्रममा उपस्थित भई सफल बनाएकोमा आभार व्यक्त गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे