
काठमाण्डौ। मुक्तिनाथ विकास बैंकले आफ्नो गौरवमयी १८ वर्ष पूरा गर्दै १९ औं वर्षमा प्रवेश गरेको छ। बैंकका उच्च अधिकारीहरूले बताए अनुसार, आजको यो विशेष अवसरमा, उनीहरूले बैंकका शेयरधनी, ग्राहक, संचालक समिति, कर्मचारी र शुभचिन्तकहरूलाई हार्दिक धन्यवाद र कृतज्ञता प्रकट गरेका छन्।
उनीहरूले बैंकको लगातार प्रगति र विकासमा सबैको योगदानलाई सम्मान गर्दै आगामी दिनहरूमा पनि ग्राहकलाई उत्कृष्ट र गुणस्तरीय सेवामा प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेका छन्।
विगतको समयमा बैंकले बिभिन्न सेवा सुविधाहरूलाई विस्तार गर्दै आफ्नो स्थानलाई दृढ बनाएको छ र वर्तमानमा एक सबल र अग्रणी विकास बैंकको रूपमा परिचित छ। यस अवसरमा, बैंकका प्रतिनिधिहरूले भविष्यमा पनि आफ्नो सेवासँगै समग्र वित्तीय क्षेत्रको विकासमा योगदान पुर्याउने लक्ष्य राखेको बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे