
काठमाडौँ , १८ पुस । बालक गायक सचिन परियारको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान करिब १० बजेतिर उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
१३ वर्षीय सचिन परियारलाई स्वास्थ्यमा जटिल समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उनका बुवा तेजेन्द्र परियारले छोराको निधनको पुष्टि गरेका छन्।
परिवारले उपचारका लागि आर्थिक सहयोगको अपिल गरे पनि उपचार पूरा हुन नपाउँदै उनले यो संसारबाट विदा लिएका हुन्। सचिन सानैदेखि शारीरिकरूपमा अस्वस्थ्य कमजोर थिए । सचिन परियारले बाल्यकालमै नेपाली संगीतप्रति आफ्नो अद्वितीय योगदान दिएका थिए।
उनका गीतहरू, जस्तै ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘बरको छाँयाले’, र ‘के छ र हजुर’ सामाजिक सञ्जालमा अत्यन्त लोकप्रिय थिए। सचिनले महानायक राजेश हमालसँग म्युजिक भिडियो अभिनय गरेर सबैलाई प्रभावित पारेका थिए। यस्तै, हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका थिए। पछिल्लो समय उनी सडकमा मानिसहरुसँग पैसा मागेर हिँडिरहेका देखिन्थे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे