
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंकले ‘रिक्वेस्ट रेमिट’ सेवा प्रदान गदै आएको छ।, जसले विदेशमा रहेका आफन्तहरूसँग सुरक्षित र विश्वासिलो तरिकाले रकम प्राप्त गर्न सहज बनाउदै आएको छ। यस सेवालाई प्रयोग गरेर सेवाग्राहीले आफ्नो बैंक खातामा रकम जम्मा गराउन विदेशमा रहेका आफन्तसँग अनुरोध गर्न सक्नेछन्। बैंकले खातामा जम्मा भएको रकममा उच्चतम ब्याज प्रतिफल प्रदान गर्ने जानकारी दिएको छ।
यो सेवा प्रयोग गर्न ‘राष्ट्रिय वाणिज्य बैंक डिजिटल संसार’ एप डाउनलोड गरी रजिस्टर गर्नुपर्नेछ। एपमा ‘रिक्वेस्ट रेमिट’ विकल्पमा क्लिक गरेर आवश्यक विवरण भरेपछि विदेशमा रहेका सम्बन्धित व्यक्तिको मोबाइलमा नोटिफिकेसन पठाइनेछ। सो नोटिफिकेसनको आधारमा विदेशस्थित व्यक्तिले रकम पठाएपछि सेवाग्राहीको खातामा तुरुन्तै रकम जम्मा हुनेछ।
बैंकले विनिमय दरका निर्धारण गरेको छ भने सेवा शुल्क शून्य राखिएको छ। एकपटक रकम खातामा जम्मा भएपछि मोबाइल बैंकिङ एपमार्फत सजिलै कारोबार गर्न सकिने सुविधा उपलब्ध छ।
राष्ट्रिय वाणिज्य बैंकले रेमिट अनुरोध प्रक्रियालाई थप सहज र डिजिटल बनाउनका लागि तीनवटा विकल्प: डिजिटल संसार एप, इंटरनेट बैंकिङ, र आफ्नो आधिकारिक वेबसाइटमार्फत सेवा प्रदान गर्ने व्यवस्था गरेको छ।
बैंकले ‘राष्ट्रिय वाणिज्य बैंक डिजिटल संसार’ एप प्रयोग गर्ने ग्राहकहरूका लागि ‘More’ विकल्पमा क्लिक गरेर ‘राष्ट्रिय वाणिज्य बैंक रिक्वेस्ट रेमिट’ खण्डमा आवश्यक विवरण भरी रेमिट अनुरोध पेश गर्न सकिने प्रक्रिया उपलब्ध गराएको छ।
इंटरनेट बैंकिङ प्रयोगकर्ताहरूका लागि बैंकले लगइनपछि मुख्य पृष्ठमा रहेको ‘राष्ट्रिय वाणिज्य बैंक रिक्वेस्ट रेमिट’ विकल्पमा क्लिक गरी आवश्यक विवरण भर्ने र अनुरोध पेश गर्ने सुविधा प्रदान गरेको छ।
यस्तै, वेबसाइटमार्फत रेमिट अनुरोध गर्न www.rbb.com.np मा गई ‘रेमिटेन्स’ मेनुबाट ‘राष्ट्रिय वाणिज्य बैंक रिक्वेस्ट रेमिट’ खण्डमा आवश्यक विवरण भर्ने प्रक्रिया अपनाउन सकिनेछ।
बैंकले यी डिजिटल माध्यमहरूबाट रेमिट अनुरोध गर्न सकिने गरी सेवा थप प्रभावकारी बनाएको जनाएको छ। ग्राहकहरूको समय बचत र सहज पहुँचका लागि यो कदम उठाइएको हो
यो सेवा सजिलो, सुरक्षित र छिटो भएकोले विदेशमा रहेका नेपालीहरू र नेपालमा रहेका उनका आफन्तहरूका लागि प्रभावकारी समाधान बन्ने विश्वास गरिएको छ। यसबारे थप जानकारीका लागि RBB Remit Online वा नजिकको राष्ट्रिय वाणिज्य बैंक शाखामा सम्पर्क गर्न सकिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे