
काठमाडौं — प्रभु बैंकले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा ‘प्रभु डिजिटल क्युब’ नामक स्वचालित काउन्टर सेवा सञ्चालनमा ल्याएको छ। बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न र ग्राहकलाई थप सहजता प्रदान गर्न यो सेवा सुरु गरेको जनाएको छ।
‘प्रभु डिजिटल क्युब’ काउन्टरमार्फत ग्राहकले नगद जम्मा र पुनःचक्रण, चेक जम्मा, खाताको स्टेटमेन्ट प्रिन्ट, एटिएम र किओस्क मेसिनबाट नगद जम्मा तथा झिक्न सक्ने सुविधा पाउनेछन्। बैंकले यो सेवा दिनरात उपलब्ध हुने बताउँदै कार्यालय समयको पर्खाइबिना ग्राहकले कुनै पनि समय बैंकिङ सुविधा प्राप्त गर्न सक्ने उल्लेख गरेको छ।
बैंकको मुख्यालयबाट सुरु गरिएको यो सेवा क्रमशः अन्य स्थानमा पनि विस्तार गरिने योजना रहेको बैंकले जनाएको छ।
प्रभु बैंकले यो डिजिटल काउन्टरमार्फत बैंकिङ प्रक्रियालाई थप प्रविधिमैत्री बनाउँदै ग्राहक अनुभवलाई सहज र सरल बनाउन सघाउ पुग्ने विश्वास लिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे