
काठमाडौँ ,१६ पुस । नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति०का संयोजक बाबुराम भट्टराई र रास्वपाकी सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ । श्रीमानसहित बाबुराम निवास पुगिन् रास्वपा सांसद सोविता, वैकल्पिक राजनीतिबारे छलफल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद सोविता गौतम र नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० का अध्यष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
सांसद गौतम मंगलबार बिहान आफ्ना श्रीमान गृहेन्द्र घिमिरेलाई लिएर भट्टराई निवासमा पुगेकी थिईन् । भेटबारे जानकारी दिँदै भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘रास्वपा युवा सांसद सोबिता गौतम र युवा उद्यमी गृहेन्द्र घिमिरे दम्पत्तीसँग देशको अर्थ–राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्य लगायत विविध विषयमा उपयोगी विमर्श।’ रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा हिरासतमा रहेपछि रास्वपा र बाबुरामबीच छलफल र भेटघाट भइरहन्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे