
काठमाण्डौ।मुक्तिनाथ विकास बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा देशभरका विभिन्न स्थानहरूमा वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ। बैंकका अनुसार, २०८१ सालको माघ महिनाको १९ गते, शुक्रबार, केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंसँगै गण्डकी क्षेत्रीय कार्यालय पोखरा, बुटवल क्षेत्रीय कार्यालय बुटवल, नारायणगढ क्षेत्रीय कार्यालय (CMT रिसोर्ट परिसर, हाकिमचोक, चितवन), कोहलपुर क्षेत्रीय कार्यालय कोहलपुर, र जनकपुर क्षेत्रीय कार्यालय जनकपुरमा रक्तदान कार्यक्रम आयोजित हुनेछ।
बैंकले यस कार्यक्रममा सहभागी हुनका लागि सबैलाई हार्दिक निमन्त्रणा गरेको छ र यस अवसरमा समाज सेवा र सहयोगका लागि जागरूकता बढाउने उद्देश्य विश्वास राखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे