
काठमाडौँ , पुस ९ । नेपाल सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओस जस्ता मुलुकहरूमा जान चाहने नेपाली नागरिकलाई ट्राभल एड्भाइजरी जारी गर्दै सावधानी अपनाउन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको सूचनामा वैदेशिक रोजगारको प्रलोभनमा नेपाली नागरिकलाई थाइल्याण्डको बैंकक, याहुन विमानस्थलबाट म्यान्माको म्यावडी क्षेत्र पुर्याएर जबर्जस्ती अवैध कार्यमा संलग्न गराइएको घटनाबारे सचेत गराइएको छ। हालैको समयमा मानव बेचबिखन र आपराधिक गिरोहले नेपालीलाई कम्बोडिया, लाओस र म्यान्मा पठाई जबर्जस्ती अवैध काममा लगाउने घटना बढेको छ।
रोजगारीका लागि राहदानी खोस्ने, लामो समयसम्म काममा लगाउने, तलब नदिने र यातना दिने घटनाहरू बढेको जानकारी गराउँदै, परराष्ट्र मन्त्रालयले यस्तो क्रियाकलापमा संलग्न हुने वा गर्न दिने व्यक्तिलाई कानूनी कारवाही गरिने चेतावनी दिएको छ। नागरिकलाई नक्कली रोजगारीको प्रलोभनमा नपर्न, भिजिट भिसामा यात्रा नगर्न, र रोजगारको प्रस्ताव स्वीकार गर्नु अघि सम्बद्ध नेपाली नियोगमार्फत जानकारी लिन अनुरोध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे