
काठमाण्डौ। साङ्ग्रिला डेभलपमेन्ट बैंकले बालबालिकाको भविष्य सुरक्षित गर्न लक्षित ‘सुरक्षित बाल बचत खाता’ खाता सञ्चालनमा ल्याएको जनाएको छ। बैंकले यो खाताअन्तर्गत न्यूनतम रु. १००० मा खाता खोल्न सकिने सुविधा प्रदान गरेको छ।
बैंकले बाल बचत योजनामा सबैभन्दा उच्च ब्याजदर उपलब्ध गराउँदै ग्राहकहरूको आकर्षण बढाएको छ। साथै, एक वर्षका लागि निशुल्क मोबाइल बैंकिङ सेवा र एसएमएस अलर्टको सुविधा उपलब्ध गराइएको छ। अभिभावकहरूका लागि रु. ३ लाख बराबरको दुर्घटना बीमा पनि यस योजनाको विशेषतामा समावेश गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे